एजेन्सी, ५ पुस । बायर्न म्युनिखले शीर्षस्थानमा रहेको बोरुसिया डर्टमन्डविरुद्ध जित निकाल्दै अंक दुरी छोट्याएको छ ।
बुन्डेसलिगा अन्तरगत बुधबार राति घरेलु मैदान एलिनाज एरिनामा भएको खेलमा साविकको विजेता बायर्नले आरबी लेपिजिजलाई १–० ले पराजित गरेको हो । जितसँगै बार्यनले डर्टमन्डसँगको अंक दुरी ६ मा झारेको छ । १६ खेलबाट ३९ अंक जोडेको डर्टमन्डसँग प्रतिष्पर्धामा उत्रिएको बार्यनले समान खेलबाट केवल ३३ अंक जोडेको छ ।
बार्यनको जितमा फ्रान्क रिवेरीले ८३ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । तीव्र प्रतिष्पर्धा भएको खेलमा अन्त्यतिर दुवै समूह केवल १० खेलाडीमा सिमिति भएका थिए ।
The post बार्यनसँग डर्टमन्ड पराजित, बार्यनले अंक दूरी घटायो appeared first on Sajha Post.