Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

खेलको क्रममा सागर पुन घाइते, अब छ महिना मैदानबाहिरै

$
0
0


काठमाडौँ, ७ पुस । राष्ट्रिय क्रिकेट टोलीका मुख्य खेलाडी सागर पुन घाइते भएका छन् । यहाँ जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) प्रतियोगिता खेल्ने क्रममा घाइते भएका पुनको आज शल्यक्रिया गरिएको छ ।

दायाँ खुट्टाको शल्यक्रिया गरिएका पुन अब छदेखि सात महीना मैदान बाहिरै रहने राष्ट्रिय टोलीको कप्तान पारस खड्काले जानकारी दिए ।

सागरको अनुपस्थितमा राष्ट्रिय टोलीलाई निकै क्षति पुग्ने खड्काको भनाइ छ । जारी इपिएलमा काठमाडौँ किंग्स ११ बाट खेलेका सागरलाई ललितपुर प्याट्रियसविरुद्धको खेलका क्रममा बलिङ गर्दा चोट लागेको थियो । रासस

The post खेलको क्रममा सागर पुन घाइते, अब छ महिना मैदानबाहिरै appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles