Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

पल्सर सहिद स्मारक ए डिभिजन लिग: थ्रिस्टारलाई जित्नै पर्ने दबाब

$
0
0

काठमाडौँ, ७ पुस । पल्सर सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुदैछन् । थ्री स्टारलाई आज च्यासल युथ क्लबले कडा टक्कर दिने अनुमान गरिएको छ ।

त्यस्तै च्यासलविरुद्वको खेल महत्वपुर्ण जित हात पार्न थ्रिस्टारलाई आवश्यक रहेको छ । उपाधि होडमा रहिरहन पनि थ्रिस्टारलाई जितको आवश्यकता रहेको छ।

विभागीय टिम आर्मीसंग बराबरी खेल्दै अंक बाँड्न बाध्य बनेको थ्री स्टार यसपटक भने कुनै गल्ती गर्न चाहँदैन ।

थ्री स्टार शीर्ष स्थानको मनाङ भन्दा ५ अंकले पछाडि छ । मनाङको २७ अंक रहेको छ ।

अर्को खेलमा संकटाले ब्रिगेड ब्वाईजसंग प्रतिस्पर्धा गर्नेछ ।

संकटा २४ अंक सहित तालिकाको दोस्रो स्थानमा छ । ब्रिगेड ५ अंक सहित तालिकाको १३ औ स्थानमा छ ।

The post पल्सर सहिद स्मारक ए डिभिजन लिग: थ्रिस्टारलाई जित्नै पर्ने दबाब appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles