काठमाडौँ, ७ पुस । गएराति भएको जर्मन बुन्डेस लिगामा बोरुसिया डर्टमण्डले बोरुसिया मोन्चेनग्लाडवाचलाई २-१ गोलले पराजित गरेको छ ।
डर्टमण्डको जितमा जाडोन सान्चो र मार्को रिउसले एक एक गोल गरे । मोन्चेनग्लाडवाचका क्रिस्टोफ क्रामेरले एक गोल फर्काए ।
खेलको ४२ औं मिनेटमा सान्चोले गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाए । तर, खेलको ४५ औं मिनेटमा मोन्चेनग्लाडवाचका क्रिस्टोफले बराबरी गोल फर्काए ।
खेलको ५४ औं मिनेटमा रिउसले गोल गरे ।
जितसंगै उपाधि होडमा बलियो रहेको डर्टमण्डले १७ खेलबाट ४२ अंक जोडेको छ ।
The post बोरुसिया डर्टमण्डसँग बोरुसिया मोन्चेनग्लाडवाच पराजित appeared first on Sajha Post.