Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

जेरार्ड पिकेले फुटबल क्लब एन्डोराको खरिद गरेको औपचारिक घोषणा गर्ने

$
0
0

काठमाडौँ, ७ पुस । मिडिया रिपोर्टका अनुसार बार्सिलोना तथा स्पेनका डिफेन्डर जेरार्ड पिकेले जनावरी ३ मा फुटबल क्लब एन्डोराको खरिद गरेको औपचारिक घोषणा गर्ने भएका छन् ।

पिकेले एन्डोराको आधाभन्दा बढी शेयर खरिद गर्न लागेका मिडिया रिपोर्टमा उल्लेख छ।

पिकेको कम्पनी कोसमोसले उक्त कम्पनीको शेयर खरिद गर्न लागेको हो । पिकेले खेलकूदको नियमअनुसार नै क्लबको खरिद गर्न लगेको बुझिएको छ । साथै पिकले एन्डोराको बोर्डसँग डिसेम्बर २९ मा मिटिङ समेत गर्ने समाचार प्रकाशित भएको छ ।

पिकेल क्लब खरिद गर्न लागेको कुरा यसअघि नै प्रकाशित भएको थियो । पिकेले ब्राजिलका पूर्व खेलाडी रोनाल्डोलाई समेत रियल भालाडोलिडको खरिद गर्न भनेका थिए ।

पिकले किन्न लागेको क्लब सन् १९४२ मा स्थापना भएको हो । एन्डोराले प्रिमेरा क्याटालान (स्पेनको पाँचौं डिभिजन) लिग खेलिरहेको छ ।

त्यसो त पिकले आफ्नो क्लब बार्सिलोनाको लागि पनि आवश्यक समय दिइरहेका छन् । क्लब खरिद गर्ने चक्करमा उनले कुनै पनि औपचारिक कार्यक्रम छुटाएका छैनन् ।

The post जेरार्ड पिकेले फुटबल क्लब एन्डोराको खरिद गरेको औपचारिक घोषणा गर्ने appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles