काठमाडौँ, ८ पुस । गएको सिजनको प्रिमियर लिग विजेता म्यानचेस्टर सिटीलाई क्रिस्टल प्यालेसले ३-२ गोलले पराजित गरेको छ ।
यस सिजन उच्च फर्ममा रहेको र प्रिमियर लिगको दाबेदार मानिएको सिटीलाई यो हारले ठुलो झट्का लागेको छ । लिग लिडर लिभरपुललाई दबाब दिन पनि जित आवश्यक रहेको थियो ।
तर, यो हारसँगै सिटी र लिभरपुलको अंकदुरी पनि बढेको छ ।
खेलको गुण्डोगनले खेलको २७ औ मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । तर, त्यसपछि क्रिस्टल प्यालेसले तीन गोल फर्काएको थियो ।
क्रिस्टल प्यालेसका लागि जेफ्री र टाउनसेण्डले गोल गरेका थिए ।
उनीहरुले ३३ औ र ३५ औ मिनेटमा गोल गरेका थिए । दोस्रो हाफको ५१ औ मिनेटमा लुका मिलिभिलोजिकले पेनाल्टी मार्फत क्रिस्टल प्यालेसका लागि तेस्रो गोल गरे ।
खेलको ७५ औ मिनेटमा सिटीका लागि केभिन डि ब्रुनेले गोल गरे । यो हारसँगै सिटीको १८ खेलमा ४४ अंक भएको छ । त्यस्तै क्रिस्टल प्यालेसको १८ खेलमा १८ अंक भएको छ ।
The post क्रिस्टल प्यालेसले सानदार कमव्याक गर्दा म्यानचेस्टर सिटी पराजित appeared first on Sajha Post.