काठमाडौँ, ८ पुस । प्रशिक्षक होसे मोरिन्हो बर्खास्त परेपछिको पहिलो खेलमा म्यानचेस्लेटर युनाइटेडले गोलको वर्षात् नै गरेको छ । गएराति भएको प्रिमियर लिगमा क्याड्रिफ सिटीलाई ५-१ गोलले पराजित गरेको छ ।
प्रशिक्षक सोल्सायर आए लगत्तै खेलाडीहरुमा नयाँ उत्साह देखिएको छ । म्यानुको जितमा जेस्सी लिंगार्डले दुई गोल गरे भने एन्थोनी मार्सेल, एण्डर हेरेरा र मार्कस रासफोर्डले एकएक गोल गरे ।
खेलको तेस्रो मिनेटमा मार्कस रासफोर्डले गोल गर्दै म्यानुलाई अग्रता दिलाएका थिए ।
खेलको २९ औ मिनेटमा एण्डर हेरेराले दोस्रो गोल गरे । तर, खेलको ३१ औ मिनेटमा भिक्टर कामारासाले क्याड्रिफका लागि गोल गरे ।
खेलको ४१ औ मिनेटमा एन्थोनी मार्सलले गोल गर्दा म्यानु पहिलो हाफमा नै निकै बलियो देखियो ।
खेलको दोस्रो हाफमा जेस्सी लिंगार्ड चम्किए । उनले खेलको ५७ औ र ९० औ मिनेटमा गोल गरे । यो जितसँगै म्यानुको १८ खेलमा २९ अंक भएको छ । क्याड्रिफको १४ अंक रहेको छ ।
The post प्रशिक्षक मोरिन्हो बर्खास्त परेपछिको पहिलो खेलमा म्यानचेस्टर युनाइटेडले गोलको वर्षात् गरेपछि… appeared first on Sajha Post.