Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

क्लब विश्वकपको उपाधि रियल मड्रिडले जित्यो

$
0
0

काठमाडौँ, ८ पुस । लगातार तेस्रो पटक फिफा क्लब विश्वकप फुटबलको उपाधि स्पेनिस क्लब रियल मड्रिड जित्न सफल भएको छ । रियलले सन् २०१६ र २०१७ मा उपाधि जितेको थियो ।

गएराति भएको रियल मड्रिडले युएईको क्लब अल अइन फुटबल क्लबलाई ४-१ गोलले पराजित गरेको हो ।

रियलका लागि खेलको १४ औं मिनेटमा मोड्रिचको गोल गर्दै अग्रता दिलाएका थिए ।

खेलको ६० औं मिनेटमा लोरेन्टेले रियलका लागि दोस्रो गोल गरे ।

खेलको ७९ औं मिनेटमा कप्तान रामोसले तेस्रो गोल गरे ।

खेलको ८६ औं मिनेटमा घरेलु टोलीका शिओतानीले एक गोल फर्काए ।

तर, खेलको अन्तिम समयमा अल अइनका नाडेरले आत्मघाती गोल गर्दा रियलको जित सुनिश्चित हुन पुग्यो ।

The post क्लब विश्वकपको उपाधि रियल मड्रिडले जित्यो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles