काठमाडौँ, ८ पुस । प्रिमियर लिगमा आर्सनलले बर्नलीलाई ३-१ गोलले पराजित गरेको छ ।
आर्सनलको जितमा पेरिक एम्रिक आबुमियाङ दुई गोल गरे भने एलेक्स इओबीले एक गोल गरे । बर्नलीका एस्ले बर्नेसले एक गोल फर्काए ।
आर्सनलको घरेलु मैदानमा भएको खेलको १४ औं मिनेटमा आबुमियाङले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।
खेलको ४८ औं मिनेटमा आबुमियाङले व्यक्तिगत दोस्रो गोल गरे ।
खेलको ६३ औं मिनेटमा बर्नलीका बर्नेसले गोल फर्काए।
तर खेलको अन्तिम समयमा इओबीले गोल गरे
जितसँगै आर्सनलले १८ खेलबाट ३७ अंक जोडेको छ ।
The post आर्सनलको सहज जित appeared first on Sajha Post.