काठमाडौँ, ८ पुस । सहिद स्मारक ए डिभिजन लिगमा आज विशेष दुई खेल हुदैछन् ।
विभागीय डर्बीमा एपीएफ र त्रिभुवन आर्मी आमने सामने गर्दैछन् ।
यस सिजन ठिकठाकै खेल खेलेको आर्मी तीन अंक खोस्ने दाउमा रहेकोछ ।
आर्मी १८ अंक सहित तालिकाको चौथो स्थानमा छ । एपीएफ १३ अंक सहित आठौ स्थानमा छ ।
त्यस्तै पुलिसले मनाङलाई कडा टक्कर दिने अनुमान गरिएको छ।
उपाधि होडको रहेको मनाङलाई झट्का दिने रणनीतिमा पुलिस रहेकोछ ।
यस सिजन उच्च फर्ममा रहेको मनाङलाई आफ्नो अंकदुरी बढाउन जित्नै पर्ने दबाबमा रहेको छ ।
मनाङ २७ अंक सहित शीर्ष स्थानमा रहेको छ । पुलिसको १५ अंकसहित पाँचौ स्थानमा छ ।
The post सहिद स्मारक ए डिभिजन लिग: मनाङलाई हराउने दाउमा पुलिस appeared first on Sajha Post.