काठमाडौँ, ८ पुस । गएराति भएको सेरिया ए मा युभेन्टसले एएस रोमालाई १-० गोलले पराजित गरेको छ ।
युभेन्टसको घरेलु मैदानमा भएको खेलमा मारियो माण्डुजकीकको गोल नै निर्णायक बन्यो ।
उनले खेलको ३५ औ मिनेटमा गोल गरेका थिए ।
१७ खेलमा अपराजित रहेको युभेन्ट्सको ४९ अंक रहेको छ ।
लिग लिडर युभेन्ट्सलाई दोस्रो स्थानमा रहेको नेपोलीले पछ्याइरहेको छ । नेपोलीको ४१ अंक रहेको छ ।
The post रोमाविरुद्ध युभेन्ट्सको कठिन जित appeared first on Sajha Post.