Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

‘रियलमा अनुबन्ध भएमा एमबाप्पले रोनाल्डोलेभन्दा धेरै उपाधि जित्नेछन्’

$
0
0

काठमाडौँ, १० पुस । मोनाकोका पुर्व निर्देशक लुइस क्याम्पोसले पिएसजी स्टार एमबाप्पे रियल मड्रिड जाने बताएका छन् ।

मोनाकोबाट पिएसजी गएका एमबाप्पेले फ्रान्सलाई विश्वकप उपाधि जिताउन महत्वपुर्ण भुमिका खेलेका थिए । यस सिजनको सुरुवातसँगै उनी रियल जाने हल्ला व्यापक चलेको थियो ।

तर, उनले पिएसजीमा नै रहने निर्णय लिए । तर, अब फेरि उनी रियल जानसक्ने सम्भावना बलियो रहेको लुइसले बताए । उनले भनेका छन्,’ एमबाप्पे रियल जानेछन् । रोनाल्डोलेभन्दा उनले धेरै उपाधि रियलबाट जित्नेछन् ।’

२० वर्षको उमेरमा नै स्टारहरुले पाउने सफलता एमबाप्पले प्राप्त गरेको उनले बताए । सन् २०१८ को बेलोन डिओर अवार्ड सुचीमा उनी चौथो स्थानमा रहेका थिए । उनले मेस्सीलाई समेत पछि पारेका थिए ।

The post ‘रियलमा अनुबन्ध भएमा एमबाप्पले रोनाल्डोलेभन्दा धेरै उपाधि जित्नेछन्’ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles