काठमाडौँ, १० पुस । लिभरपुलका स्टार खेलाडी अक्सलेड च्याम्बरलिन पहिलो पटक खेल मैदानमा देखिएका छन् ।
च्याम्पियन्स लिगमा रोमाविरुद्धको खेलमा उनी घाइते भएपछि लामो समय खेल मैदानबाहिर रहेका थिए । उनले ८ महिनापछि पहिलो पटक इन्स्टाग्राममा उनले आफु छिट्टै नै खेल्न सक्ने तयारी गरिरहेको बताएका छन् ।
उनले यस सिजनका सबै खेलहरु गुमाउने बताइएको थियो ।
तर, उनले यस सिजनको अन्त्यतिर केही खेलहरु खेल्न सक्ने बताएका छन् । उनले भनेका छन्, ‘म मैदानमा उत्रिन आतुर छु । लामो समय मैदानबाहिर रहँदा म निकै निराश हुन पुगेको थिए । तर, अब ती दिनहरु विस्तारै सकिने अवस्थामा छन् ।’
उनको अनुपस्थितिमा लिभरपुलका लागि फाबिन्हो र नाबी केइटाले आफ्नो जिम्मेवारी पुर्ण सन्तोषजनक रुपमा पालना गरिरहेका छन् ।
The post ‘कस्तो छ लिभरपुलका स्टार खेलाडी अक्सलेड च्याम्बरलिनलाई’ appeared first on Sajha Post.