काठमाडौँ, १२ पुस । इटालियन लिग सेरिया ए मा युभेन्ट्स हार्नबाट जोगिएको छ ।
सब्सिच्युटमा आएका खेलाडी क्रिस्टियानो रोनाल्डो अन्नत नायक बने र युभेन्ट्सलाई हार्नबाट जोगाए । गएराति भएको खेलमा एट्लान्टाले १० जानमा सिमित युभेन्ट्सँग २-२ गोलको बराबरी खेल खेलेको छ ।
यो खेलमा रोनाल्डोलाई विश्राम दिने भनिएको थियो तर, रणनीति अनुरुप खेल नभएपछि प्रशिक्षक एलग्रिनीले उनलाई खेलको ६५ औ मिनेटमा मैदान पठाएका थिए ।
खेलको दोस्रो मिनेटमा नै एट्लान्टाका बिराट डिजिमसिटीले आत्मघाती गोल गरेपछि युभेन्ट्सले खेलमा अग्रता बनाएको थियो । तर, एटलान्टाका लागि खेलको २४ औ मिनेटमा डुबान जापाटाले बराबरी गोल फर्काएका थिए ।
खेलको ५३ औ मिनेटमा युभेन्ट्का खेलाडी रोद्रिगो रातो कार्ड खाँदै बाहिरिएपछि युभेन्ट्स १० जनामा सिमित बनेको थियो । खेलको ५६ औ मिनेटमा नै डुबानले एटलान्टालाई अग्रता दिलाएका थिए ।
तर, रोनाल्डोको आगमनसँगै युभेन्ट्स खेलमा फर्कियो । उनले खेलको ७८ औ मिनेटमा बराबरी गोल फर्काए साथै युभेन्ट्स आफ्नो अपराजित यात्रा कायम राख्न पनि सफल भयो ।
The post रोनाल्डोले विश्राम गर्ने मौका पाएनन्, युभेन्ट्सलाई हार्नबाट जोगाए appeared first on Sajha Post.