काठमाडौं, १२ पुस । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित टिम मेलबर्न स्टार्सले बिग बास लिगको तेस्रो खेलमा आज हुने भएको छ ।
सिड्नीमा हुने आजको खेलमा मेलबर्नले सिड्नी सिक्सससँग प्रतिस्पर्धा गर्नेछ । नेपाली समय अनुसार अपरान्ह २ बजेबाट खेल सुरु हुनेछ । घरेलु टोली सिड्नीविरुद्ध मैदान उत्रदा मेलबर्न पहिलो जितको खोजीमा हुनेछ ।
सिड्नी भने दोस्रो जितको खोजीमा हुनेछ । यसअघि दुई खेलमा पराजित भईसकेको मेलबर्नको लागि यस खेल महत्वपूर्ण समेत रहेको छ । पहिलो खेलमा मेलबर्न सिड्नी थण्डर र दोस्रो खेलमा होबर्ट हरीकेन्ससंग पराजित भएको थियो ।लिगमा अंकबिहिन मेलबर्न पुछारमा छ । २ अंक जोडेको सिड्नी चौथो स्थानमा छ ।
The post लामिछाने सहभागि बिगबास लिगको तेस्रो खेल आज appeared first on Sajha Post.