काठमाडौं, १५ पुस । भारतमा जारी साफ च्याम्पियनसिप महिला फूटबल प्रतियोगितामा लगातार तीन खेलमा विजयी हुँदै नेपाल समूह विजेता बनेको छ । शिलगुढीस्थित कञ्चनजंगा रंगशालामा शुक्रबार भएको खेलमा नेपालले श्रीलंकालाई १-० ले पराजित गर्यो ।

यसअघि नेपालले भुटानविरुद्ध ८-० तथा माल्दिभ्सविरुद्ध ९-० को जित दर्ता गरेको थियो ।
श्रीलंकासँगको खेलमा नेपललाई विजयी गराउन सपना लामाले निर्णायक भूमिका खेलिन् । सब्स्टिच्यूटमा मैदान प्रवेश गरेकी लामाले निर्धारित समयको खेल सकिन ३ मिनेट बाँकी रहँदा प्रहार गरेको कर्नर श्रीलंकन खेलाडीले रोक्न खोज्दा जाली चुम्न पुगेको थियो ।
यससँगै नेपाल समूहमा अपराजित रह्यो । समूह उपविजेताको टुंगो भने माल्दिभ्स र भुटानबीचको खेल पछि लाग्नेछ ।
अब नकआउट चरणमा नेपालले अर्को समूहको उपविजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
The post श्रीलंकालाई हराउँदै नेपाल समूह विजेता, अपराजित यात्रा जारी appeared first on Sajha Post.