काठमाडौँ, १६ पुस । गएराति भएको प्रिमियर लिगमा म्यानचेस्टर सिटीले साउथह्यामटनलाई ३-१ गोलले पराजित गरेको छ ।
म्यानसिटीले साउथह्यामटनको घरेलु मैदानमा जित हात पारेको हो । पहिलो हाफको १० मिनेटमा नै डेबिड सिल्भाले म्यानसिटीका लागि गोल गर्दै अग्रता दिलाएका थिए ।
तर, खेलको ३७ औ मिनेटमा पेरी होब्जबर्गले बराबरी गोल फर्काए । पहिलो हाफको अन्तिम दुई मिनेटमा साउथह्यामटनलाई भारी पर्यो । जेम्स वार्डले आत्मघाती गोल गर्दा म्यानसिटीले पुन अग्रता लियो ।
त्यस्तै पहिलो हाफको अन्तिम मिनेटमा सर्जियो अगुइरोले गोल गरे ।
दोस्रो हाफमा भने गोल हुन सकेन । खेलको ८५ औ मिनेटमा पेरीले रातोकार्ड पाउँदा सेन्ट्स १० जना खेलाडीमा सिमित भएको थियो ।
चार खेलमा तीन खेल पराजित भएको म्यानसिटीलाई यो जिते राहत दिएको छ भने अंकतालिकामा दोस्रो स्थानमा उक्लेको छ । सिटीको २० खेलमा ४७ अंक रहेको छ । साउथह्यामटन १६ अंकका साथ १७ औ स्थानमा रहेको छ ।
The post प्रिमियर लिगको दोस्रो स्थानमा उक्लियो म्यानचेस्टर सिटी, १० जनामा सिमित साउथह्यामटन पराजित appeared first on Sajha Post.