Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

जेरार्ड पिकेले किने फुटबल क्लब एण्डोरा

$
0
0

काठमाडौँ, १६ पुस । बार्सिलोनाका स्टार खेलाडी जेरार्ड पिके क्लब मालिक बनेका छन्। उनको कम्पनी कोसमोसले फुटबल क्लब एन्डोरा खरिद गरेको छ ।

मिडिया रिपोर्टका अनुसार पिकेलाई क्लबमा भित्र्याउने या नभित्र्याउने गरी शनिबार बसेको क्लबको बैठकमा सहभागीमध्ये २०६ जनाले पिकेको पक्षमा भोट गरेसँगै पिकेले उक्त क्लबको अधिकांश शेयरको हिस्सा खरिद गरेको हुन् ।

पिके आएदेखि नै टिमलाई बार्सिलोनाका पूर्व खेलाडी गाब्री गार्सियाले प्रशिक्षण दिन थालेका छन् । त्यस्तै उनको सहयोगीमा पनि बार्सिलोनाका पूर्व गोलकिपर अल्बर्ट जाक्वेरा रहेका छन् ।

सन् २००८ मा नै ऋणबाट ग्रस्त बनेको एन्डोराको अस्तित्व समाप्त हुन लागेको थियो तर पिकेको आगमनसँगै उक्त क्लबले नयाँ जीवन पाउने अपेक्षा गरिएको छ ।

The post जेरार्ड पिकेले किने फुटबल क्लब एण्डोरा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles