
काठमाडौं, १७ पुस । आगामी महिना हुने संयुक्त अरब एमिरेट्स (यूएई) भ्रमणका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रारम्भिक टोली घोषणा गरेको छ । २० सदस्यीय प्रारम्भिक टोलीमा केही नयाँ अनुहारहरुलाई पनि अवसर दिइएको छ ।
युवा खेलाडी भीम सार्की, सन्दिप जोरा र पवन सर्राफले राष्ट्रिय टोलीको प्रारम्भिक छनोटमा पहिलो पटक स्थान बनाउन सफल भएका छन् । उनीहरुले पछिल्लो समय विभिन्न स्तरका खेलहरुमा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन् ।
प्रारम्भिक टोलीमा तीव्र गतिका बलर विक्रम सोब र अभिनाश बोहोराको पुनरागमन भएको छ ।
नेपालले यूएईमा ३ एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) र ३ ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेल्ने कार्यक्रम रहेको छ । २५ जनवरीदेखि २८ जनवरीसम्म नेपालले वान डे अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ भने ट्वान्टी-२० अन्तर्राष्ट्रिय सिरिज भने ३१ जनवरी देखि ३ फेब्रुअरीसम्म खेल्नेछ । सिरिजका सबै खेल दुबईमा हुने आयोजकहरुले जनाएका छन् ।
यस्तो छ प्रारम्भिक टोली :
पारस खड्का (कप्तान)
अभिनाश बोहोरा
वसन्त रेग्मी
भीम सार्की
विक्रम सोब
विनोद भण्डारी
दिपेन्द्रसिंह ऐरी
ज्ञानेन्द्र मल्ल
करण केसी
ललितसिंह भण्डारी
ललित नारायण राजवंशी
आरिफ शेख
पवन सर्राफ
प्रदिप ऐरी
रोहित कुमार पौडेल
सन्दिप लामिछाने
शरद भेषावकर
सोमपाल कामी
सन्दिप जोरा
सुशन भारी
पूर्ण तालिका :
२५ जनवरी – शुक्रबार – पहिलो ओडीआई
२६ जनवरी – शनिबार – दोस्रो ओडीआई
२८ जनवरी – सोमबार – तेस्रो ओडीआई
३१ जनवरी – बिहीबार – पहिलो टि-२०आई
१ फेब्रुअरी – शुक्रबार – दोस्रो टि-२०आई
३ फेब्रुअरी – आइतबार – तेस्रो टि-२०आई
The post यूएई भ्रमणका लागि २० सदस्यीय प्रारम्भिक टोलीको घोषणा (सूचिसहित) appeared first on Sajha Post.