Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

म्यानचेस्टर सिटीका प्रशिक्षक भन्छन्ः लिभरपुल युरोपकै उत्कृष्ट टिम

$
0
0

काठमाडौँ, १७ पुस । यस सिजन लिभरपुल उच्च फर्ममा रहेको छ । एक खेल पनि पराजित नभएको लिभरपुल दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीभन्दा ७ अंकले अगाडि रहेको छ ।

लामो समय लिग लिडर बनेको म्यानचेस्टर सिटीले पछिल्ला पाँच खेलमा तीन खेल पराजित भएपछि लिभरपुल शिर्ष स्थानमा उक्लेको थियो र अंकदुरी पनि बढेको थियो ।

म्यानसिटीका प्रशिक्षक पेप गुवार्डीवालाले लिभरपुल युरोप कै उत्कृष्ट फुटबल क्लब भएको बताएका छन् । उनले भनेका छन्, ‘यस सिजन लिभरपुल परफेक्ट फर्ममा देखिएको छ । केही दिनपछि म्यानसिटी लिभरपुलसँग आमनेसामने गर्दैछ । हामी त्यसका लागि तयार छौँ ।’

म्यान सिटी लिभरपुलसँगको अंकदुरी कम गर्ने दाउमा रहेको उनले बताए । २९ वर्षपछि लिभरपुलले यति उत्कृष्ट खेल प्रदर्शन गरेको समिक्षकहरु बताउँछन् ।

लिभपरपुल २० खेलमा ५४ अंक जोड्दै शिर्ष स्थानमा रहेको छ । सिटीक ४७ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।

The post म्यानचेस्टर सिटीका प्रशिक्षक भन्छन्ः लिभरपुल युरोपकै उत्कृष्ट टिम appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles