काठमाडौँ, १८ पुस । सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन् । आज हुने दुई विशेष खेलमा मनाङले हिमालयन शेर्पासँग आमने सामने गर्दैछ भने संकटाले थ्री स्टारसँग प्रतिस्पर्धा गर्दैछ ।
मनाङले दुई खेल अगावै लिग जितेको थियो भने अन्य क्लबहरु उपविजेता बन्ने दौडमा रहेका छन् ।
अब लिगमा दुई चरणको मात्र खेल बाँकी रहेका छन् ।
थ्री स्टार र संकटाबिचको खेल रोमाञ्चक हुने बताइएको छ ।
उपविजेता बन्ने होडमा यी टोलीहरु रहेका छन । संकटा २५ अंकका साथ दोस्रो स्थानमा छ ।
थ्री स्टार २३ अंक सहित तेस्रो स्थानमा छ ।
हिमालयन शेर्पालाई पराजित गर्दै शतप्रतिशत जित सहित लिगको अन्त्य गर्ने लक्ष्य मनाङको रहेको छ ।
मनाङ ३३ अंकका साथ शिर्ष स्थानमा रहेको छ । शेर्पा क्लब ११ अंक सहित तालिकाको सातौ स्थानमा छ ।
The post सहिद स्मारक ए डिभिजन लिग: संकटाले थ्री स्टारसँग प्रतिस्पर्धा गर्दै appeared first on Sajha Post.