Quantcast
Viewing all articles
Browse latest Browse all 7991

प्रिमियर लिग प्रिभ्युः म्यानचेस्टर सिटी भर्सेस लिभरपुल

Image may be NSFW.
Clik here to view.

काठमाडौँ, १९ पुस । गएको सिजनको प्रिमियर लिग विजेता म्यानचेस्टर सिटी यस सिजन पनि उपाधि होडमा रहन चाहन्छ ।

तर, यस सिजन लिभरपुल उच्च फर्ममा रहेको छ ।

सिटी लिभरपुलभन्दा सात अंकले पछि रहेको छ । उपाधि दौडमा रहन सिटीलाई जितको खाँचो छ भने लिभरपुलले सिटीलाई हराउन सकेमा अंकदुरी थप बढ्नेछ ।

गएको सिजनको पहिलो खेलमा म्यानसिटीले लिभरपुललाई पराजित गरेको थियो । तर, त्यसपछि लिभरपुलले तीनपटक सम्म म्यानसिटीलाई पराजित गरेको थियो ।

च्याम्पियन्स लिगमा दुई खेलमा नै लिभरपुलले पराजित गरेको थियो भने प्रिमियर लिगमा २१ खेलमा अपराजित रहेको म्यानचेस्टर सिटी पहिलोपटक लिभरपुलसँग पराजित भएको थियो ।

यस सिजन अपराजित रहेको लिभरपुल नयाँ रेकर्ड बनाउने दाउमा रहेको छ । २० खेलमा ५४ अंक जोडेको लिभरपुलले यस सिजन १७ खेलमा शतप्रतिशत नतिजा निकाल्न सफल भएको छ भने तीन खेलमामात्र बराबरी खेल खेलेको छ ।

यो नतिजलाई निरन्तरता दिन लिभरपुलले उत्कृष्ट खेल खेल्नुपर्नेछ । पछिल्ला पाँच खेलमा तीन खेल गुमाएपछि मनोबल कमजोर भएको म्यानसिटी उपाधि दौडबाट बाहिरिन चाहँदैन ।

लिभरपुलसँग पराजित भएमा उपाधि दौडको आशा समाप्त हुने सिटीका खेलाडी बर्नाण्डो सिल्भाले बताएका थिए । यो सिजन टोटनहम, लिभरपुल, म्यानसिटीबिच कडा टक्कर देखिएको छ ।

The post प्रिमियर लिग प्रिभ्युः म्यानचेस्टर सिटी भर्सेस लिभरपुल appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles