काठमाडौँ, २४ पुस । गएराति भएको एफए कपबाट लिभरपुल बाहिरिएको छ । उल्भरह्यामटनसँग २-१ गोलले पराजित भएपछि लिभरपुल एफए कपबाट बाहिरिएको हो ।
खेलको ३८ औ मिनेटमा राउल जिमेनेजले गोल गर्दै उल्भरह्यामटनलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको ५१ औ मिनेटमा डिभोक ओरिगीले बराबरी गोल फर्काए ।
यस सिजन उच्च फर्ममा रहेको लिभरपुलले यस खेलमा आफ्ना प्रमुख खेलाडीहरुलाई विश्राम दिएको थियो ।
खेलको ५५ औ मिनेटमा लिभरपुलका डिफेन्सले उल्भरह्यामटनका रुबेनलाई रोक्न सकेनन् र अर्को गोल खान पुग्यो । त्यसपछि खेलमा गोल हुन सकेन र लिभरपुल पराजित हुन पुग्यो ।
The post एफए कपबाट लिभरपुल बाहिरियो appeared first on Sajha Post.