Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

‘रियलका स्टार खेलाडीहरु फर्ममा छैनन्’

$
0
0

काठमाडौँ, २४ पुस । नयाँ वर्ष लागेसँगै रियल मड्रिडले खेलमा व्यापक सुधार गर्ने अपेक्षा लिइएको थियो । तर, रियलले लय झन् खस्किएको समिक्षकहरुले बताएका छन् ।

रियलका स्टार खेलाडी लुका मोड्रिचले पनि यस कुरालाई स्वीकार गरेका छन् । उनले भनेका छन्, ‘रियलका स्टार खेलाडीहरु फर्ममा छैनन् । फर्ममा नहुँदा नतिजा पनि आफ्नो पक्षमा पार्न बारम्बार रियल असफल भएको छ ।’

भिल्लारियलसँग बराबरी खेलेको रियल रियल सोसिडाडसँग भने पराजित हुन पुगेको थियो ।

प्रशिक्षक सोलारी रियलको समस्या समाधान गर्न कोशिस गरिरहेका छन् ।

मोड्रिच भन्छन्, ‘हामीमध्ये धेरै जनाले स्तरिय खेल खेल्न सकेका छैनौं । हामीले धेरै खेलमा राम्रो नतिजा ल्याउन सकिरहेका छैनौं । यो समस्या थप लम्बिने हो भने रियल थप समस्यामा पर्नेछ ।’

यस सिजनको लालिगामा बार्सिलोनाभन्दा रियल १० अंकले पछि परेको छ ।

The post ‘रियलका स्टार खेलाडीहरु फर्ममा छैनन्’ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles