Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

पाउलो ड्याबलालाई अनुबन्ध गर्न युरोपका प्रतिष्ठित क्लबहरुबीच तछाडमछाड

$
0
0

काठमाडौँ, २४ पुस । युभेन्ट्सका स्टार खेलाडी पाउलो ड्याबलालाई आफ्नो क्लबमा अनुबन्ध गर्न प्रतिष्ठित क्लबहरु लागि गरेका छन् ।

म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, बार्यन म्युनिख, पिएसजीजस्ता क्लबहरु ललायित रहेका छन् । मिडिया रिपोर्टका अनुसार उनलाई किन्न गरिएको तीनवटा प्रस्ताव युभेन्ट्सले अस्वीकार गरेको छ ।

तर, १०० मिलियन युरोको अफर आएमा क्लबले सोच्न सक्ने बताइएको छ । क्रिस्टियानो रोनाल्डो र मारियो माण्डुजिकिक उच्च लयमा रहेका छन् । प्रशिक्षकको रोजाइमा यी दुई खेलाडी परेपछि उनको भुमिकामा पनि परिवर्तन आएको छ ।

उनले यस सिजन सबै खेलमा गरेर जम्मा सात गोल गरेका छन् । यसै कारण पनि उनी अन्य क्लबमा जान आतुर रहेको बताइएको छ ।

तर, क्लबले १०० मिलियन तलको प्रस्तावमा वार्ता पनि नगर्ने बताइएको छ । सन् २०१६ मा पोउल पोग्वालाई युभेन्ट्सले ८६ मिलियन पाउण्डमा बेचेको थियो ।

The post पाउलो ड्याबलालाई अनुबन्ध गर्न युरोपका प्रतिष्ठित क्लबहरुबीच तछाडमछाड appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles