मुम्बई । मानिसहरु प्राय: आफूलाई मनपर्ने खेलाडीको बारेमा कुरा गरिरहेका हुन्छन् । कोही क्रिकेटर मन पराउँछन् त कोही फूटबलर या अरु कुनै । तर भारतीय क्रिकेटका कप्तान विराट कोहलीको फ्यान धेरै नै छ । कारण गुड लुकिङ र उत्कृष्ट खेल प्रदर्शन नै हो । तर विराटको एक नयाँ फ्यानको बारेमा हामी तपाईहरुलाई जानकारी गराउँदैछौं ।
निकाष विराटको सबैभन्दा ठूलो फ्यान
३३ वर्षीय निकाष ओडिशाको कंधमाल जिल्लामा बसोबास गर्छन् । उनको पेशा बस कंडक्टर हो । निकाषले अहिलेसम्म चार पटक भारतीय कप्तान विराट कोहलीलाई भेटिसकेका छन् । उनी विराटको खेल हेर्न आफ्नो कामै छोडेर आउने गरेका छन् ।
आर्थिक अवस्थाका कारण हेर्न पाउँदैनन् विराटको म्याच
सुधीर पुरी सचिनको ठूलो फ्यान भएकै कारण एक पटक चर्चित बने । तर निकाषसँग पैसा नभएका कारण भारतको सबै म्याच हेर्न पाउँदैनन् । उनको भनाइ मान्ने हो भने विराटको खेल हेर्न पाएपछि परिवारको जिम्मेवारी समेत भुल्छन् ।
आमाको गहना बेचेर म्याच हेर्थे
विराटका फ्यान निकाष भारतीय टीमको खेल हेर्न र विराटलाई हौशला बढाउनका लागि आमाको गहना बेचेर स्टेडियम छिरेका थिए । उनीसँग पैसा नभएर यस्तो कदम उठाउनु परेको हो ।
विराटले पनि निकाषको हालखबरकाबारे बेलाबेलामा चासो लिने गरेको भारतीय सञ्चारमाध्यहरुले बताएका छन् ।
The post यो हो विराटका सबैभन्दा ठूलो फ्यान, जसले उनको खेल हेर्न आमाको गहनासमेत बेचे appeared first on Sajha Post.