Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

गोन्जालो हिगुइन चेल्सी आउने

$
0
0

काठमाडौँ, २५ पुस । जनवरीमा आफ्नो टोली बलियो बनाउन हरेक क्लब उत्कृष्ट खेलाडी अनुबन्ध गर्न व्यस्त रहेका छन् ।

मिडिया रिपोर्टका अनुसार एसी मिलानका खेलाडी गोन्जालो हिगुइन चेल्सी आउने भएका छन् ।

चेल्सीका फरवार्ड अल्भारो मोराटाबाट अपेक्षा गरे अनुसार खेल नखेलेपछि नयाँ स्टाइकर ल्याउन चेल्सी आतुर रहेको छ ।

चेल्सीका प्रशिक्षक सारी र हिगुइनले नेपोलीमा सँगै काम गरेका थिए ।  नेपोलीबाट सर्वाधिक मुल्यमा युभेन्ट्स आएका हिगुइन रोनाल्डोको आगमनसँगै ओझलमा परे । अन्तत क्लबले उनलाई एसी मिलान पठायो ।

उनी प्रशिक्षक हुँदा हिगुइनले एकै सिजनमा ३७ गोल गरेका थिए । एसी मिलानमा खुसी नरहेका हिगुइन क्लब छोड्न आतुर रहेका छन् ।

The post गोन्जालो हिगुइन चेल्सी आउने appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Latest Images

Trending Articles



Latest Images