Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

सन्दीपको दोस्रो खेल आज

$
0
0


काठमाडौं, २५ पुस । बङ्गलादेश प्रिमियर लिग (बिपिएल) खेल्न बङ्गलादेश गएका नेपाली युवा बलर सन्दीप लामिछानेले आज आफ्नो दोस्रो खेल खेल्दैछन् ।

लामिछाने रहेको सिलेट सिक्सर्स क्लबले अहिले मध्याह्न चितागोङ भीकिङससँग प्रतिस्पर्धा गर्दैछ ।

पहिलो खेलमा उत्कृष्ट बलिङ गर्दै दुई विकेट लिए पनि सन्दीपको टोली पराजित भएको थियो । पहिलो खेलमा पराजित सन्दीपको टोली पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ ।

सिक्सर्स पहिलो खेलमा कोमीला भिक्टोरियन्ससँग पराजित भएको थियो । बिपिएलको डेब्यु खेलमा उत्कृष्ट प्रदर्शन गरेका सन्दीप दोस्रो खेलमा समेत सोही प्रदर्शन दोहोर्‍याउने लक्ष्यमा छन् ।

अष्ट्रेलियामा जारी ‘बिग बास’ लिग बीचैमा छोडेर बङ्गलादेश प्रिमियर लिग (बिपिएल) खेल्न बङ्गलादेश गएका सन्दीपले पहिलो खेलमै दुई विकेट लिन सफल भएका थिए ।

The post सन्दीपको दोस्रो खेल आज appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles