Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

बार्सिलोनाका मुनिर सेभियामा अनुबन्धित

$
0
0

काठमाडौँ, २८ पुस । बार्सिलोनाका अर्का स्टार युवा खेलाडी मुनिर इल हदादी सेभिया क्लबमा अनुबन्धित भएका छन् । लामो समयदेखि बार्सिलोना र सेभियाबीच उनलाई अनुबन्ध गर्न बहस चलेको थियो ।

उनलाई अनुबन्ध गर्न एट्लेटिको मड्रिडले यसअघि दुई पटकसम्म बार्सिलोनासँग आग्रह गरेको थियो ।

आउने समरमा उनको बार्सिलोनासँग सम्झौता सकिन लागेको र उनलाई यस अघि नै बेच्न बार्सिलोनाले चाहेको थियो ।

अन्तत उनी सेभिया क्लबमा चार वर्षका लागि अनुबन्ध भएका छन् । सेभियाले यस सिजन दुई नयाँ खेलाडी अनुबन्ध गरेको छ ।

The post बार्सिलोनाका मुनिर सेभियामा अनुबन्धित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Latest Images

Trending Articles



Latest Images