काठमाडौँ, २८ पुस । यस सिजन बोरुसिया डोर्टमण्डले वार्यन म्युनिखलाई कडा चुनौती दिएको छ । लिग लिडर बोरुसियाभन्दा बार्यन ६ अंकले पछि रहेको छ । यो कठिन अवस्थामा बार्यनलाई अर्को झट्का लागेको छ । बार्यनका स्टाइकर थोमस मुलरलाई दुई खेलको प्रतिवन्ध लागेको छ ।
मिडिया रिपोर्टका अनुसार अयाक्सका खेलाडी निकोलास ताग्लिएफिकोको टाउकोमा उनले किक हानेको घटनालाई लिएर उनलाई कारबाही गरिएको हो ।
फ्रेबअरीमा हुने च्याम्पियन्स लिगको अन्तिम १६ का दुई खेल उनले गुमाउने भएका छन् ।
क्लबले उनीमाथि लगाइएको प्रतिबन्धविरुद्ध अपिल गर्ने बताएको छ ।
The post थोमस मुलरलाई दुई खेलको प्रतिवन्ध appeared first on Sajha Post.