Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

प्रिमियर लिगमा आर्सनलको नमिठो हार

$
0
0

काठमाडौँ, २९ पुस । गएराति भएको प्रिमियर लिगमा आर्सनलले नमिठो हार भोगेको छ ।

यस सिजन मध्यम खेल प्रदर्शन गरेको आर्सनल वेस्टहम युनाइटेडसँग पराजित भएको हो ।

वेस्टहमको घरेलु मैदानमा भएको खेलमा आर्सनल १-० गोलले पराजित भएको हो ।

खेलको पहिलो मिनेटदेखि नै वेस्टहमले राम्रो खेल प्रदर्शन गरेको थियो ।

तर, पहिलो हाफमा कुनै पक्षबाट गोल हुन सकेन । तर, खेलको ४८ औ मिनेटमा डेकलान राइसले गोल गरे ।

उनले गरेको एकमात्र गोल नै खेल जित्न काफी रह्यो ।

यो जितसँगै वेस्टहम ३१ अंकका साथ लिगको नवौँ स्थानमा रहेको छ ।

२२ खेलमा आर्सनलले ४१ अंक जोडेको छ भने लिगको पाँचौ स्थानमा रहेको छ । लिगलिडर लिभरपुलभन्दा आर्सनल १६ अंकले पछि परेको छ ।

The post प्रिमियर लिगमा आर्सनलको नमिठो हार appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles