काठमाडौँ, २९ पुस । रियल मड्रिडमा स्टाइकरको संकट परेको छ । रियलमा नै रहेका केही प्रमुख खेलाडीले नै क्लब छोड्न लागेको हल्ला बाहिर आएको छ ।
यसै कारण पनि रियल नयाँ स्टाइकरको खोजीमा रहेको छ । मिडिया रिपोर्टका अनुसार रियल टोटनहमका स्टाइकर ह्यारी केनलाई आफ्नो क्लबमा अनुबन्ध अग्रसर देखिएको छ ।
तर, टोटनहमले ह्यारी केनलाई किन्ने भए ३५० मिलियन युरो तिर्नुपर्ने बताएको छ ।
टोटनहमबाट सन्तुलित खेल प्रदर्शन गर्दै आइरहेका ह्यारी केन विश्वकै उत्कृष्ट स्टाइकरमा पर्छन् ।
उनले यस सिजन १४ गोल गरिसकेका छन् । तर, टोटनहम यस सिजन उपाधि होडमा रहेका कारण पनि बेच्न नसक्ने समिक्षकहरु बताउँछन् ।
त्यस्तै क्रिस्टियन इरिकसन किन्ने भए २५० मिलियन युरो तिर्नुपर्ने क्लबले बताएको थियो ।
The post रियल मड्रिडको गनगनपछि टोटनहमले तोक्यो ह्यारी केनको मुल्य ! appeared first on Sajha Post.