Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

रियल मड्रिडको कठिन जित

$
0
0

काठमाडौँ, ३० पुस । रियल मड्रिडले रियल बेटिसलाई २-१ गोलले पराजित गरेको छ ।

रियल बेटिसको घरेलु मैदानमा भएको खेलमा अग्रता रियल मड्रिडले लिएको थियो ।

उसका लागि लुका मोड्रिचले खेलको १३ औ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।

तर, खेलको ६७ औँ मिनेटमा सर्जियो क्यानल्सले बराबरी गोल फर्काए ।

रियल बेटिसले रियल मड्रिडलाई रोक्न हरसम्भव प्रयास गरेको थियो । तर, रोक्न सकेन । खेलको अन्तिम मिनटमा मड्रिडका लागि ड्यानी सेबालसले गोल गरे । यो जितसँगै रियल मड्रिडले १९ खेलमा ३३ अंक जोडेको छ । रियल बेटिसको २६ अंक रहेको छ ।

The post रियल मड्रिडको कठिन जित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles