काठमाडौँ, ३ माघ । गएराति भएको कोपा डेल रे कपमा एट्लेटिको मड्रिडलाई नमिठो झट्का लागेको छ । जिरोविरुद्ध सम्रग चारचार गोलको बराबरी खेल खेलेको एट्लेटिको कोपा डेल रे कपबाट बाहिरिएको छ ।
अवे गोलका आधारमा एट्लेटिको आउट भएको हो । पहिलो लिग चरणको खेलमा एकएक गोलको बराबरी खेल खेलेका थिए । दोस्रो लिग चरणको खेलमा जिरोनाले उत्कृष्ट खेल खेल्यो ।
खेलमा एट्लेटिको अग्रता बनाएको थियो ।
उसका लागि खेलको १२ औ मिनेटमा निकोला कालिनिकले गोल गरेका थिए । तर, खेलमा जिरोनाले सानदार कमव्याक गर्यो । उसका लागि खेलको ३७ औ मिनेटमा भालरीले बराबरी गोल फर्काए ।
खेलको ५९ औ मिनेटमा क्रिस्टियन स्टुएनीले गोल गर्दै जिरोनालाई अग्रता दिलाए ।
खेलको ६६ औ मिनेटमा एट्लेटिकोका लागि एन्जल कोरियाले बराबरी गोल फर्काए ।
खेलको ८४ औ मिनेटमा एन्टोनियो ग्रिजम्यानले एट्लेटिकोलाई अग्रता दिलाए ।
तर, यो अग्रता धेरै समय टिक्न सकेन । एट्लेटिको विरुद्ध डोउमबियाले अन्तिम समयमा गोल गर्दा जिरोना क्वाटरफाइलनमा प्रवेश गर्न सफल भयो ।
उता बराबरी खेल खेलेको एट्लेटिको अवे गोलका आधारमा आउट हुन पुग्यो । डियगो साइमन एट्लेटिकोको प्रशिक्षक भएयता पहिलो पटक अन्तिम १६ बाट एट्लेटिको आउट भएको हो ।
The post एट्लेटिको मड्रिड कोपा डेल रे कपबाट आउट appeared first on Sajha Post.