काठमाडौँ, ३ माघ । जनवरीमा आफ्नो टोली बलियो बनाउन हरेक क्लब उत्कृष्ट खेलाडी अनुबन्ध गर्न व्यस्त रहेका छन् ।
मिडिया रिपोर्टका अनुसार एसी मिलानका खेलाडी गोन्जालो हिगुइन चेल्सी आउने भएका छन् । उनलाई चेल्सीेले ३६ मिलियन युरोमा अनुबन्ध गरेको मिडिया रिपोर्टमा उल्लेख छ । एसी मिलानमा लोनमा रहेका हिगुइन चेल्सी आएपछि स्ट्राइकरको अभाव परिपुर्ती हुने प्रशिक्षक सारीले बताएका छन् ।
चेल्सीका फरवार्ड अल्भारो मोराटाबाट अपेक्षा गरे अनुसार खेल नखेलेपछि नयाँ स्टाइकर ल्याउन चेल्सी आतुर रहेको थियो ।
चेल्सीका प्रशिक्षक सारी र हिगुइनले नेपोलीमा सँगै काम गरेका थिए । नेपोलीबाट सर्वाधिक मुल्यमा युभेन्ट्स आएका हिगुइन रोनाल्डोको आगमनसँगै ओझलमा परे । अन्तत क्लबले उनलाई एसी मिलान पठायो ।
उनी प्रशिक्षक हुँदा हिगुइनले एकै सिजनमा ३७ गोल गरेका थिए । एसी मिलानमा खुसी नरहेका हिगुइन क्लब छोड्न आतुर रहेका थिए ।
The post गोन्जालो हिगुइन चेल्सीमा अनुबन्ध, फर्किएला त उनको फर्म र लोकप्रियता appeared first on Sajha Post.