काठमाडौँ, ३ माघ । सन् १९९८-९९ को सिजनमा रियल मड्रिडले धेरै खेल गुमाएको थियो । त्यसयता रियलले जहिले पनि उत्कृष्ट खेल खेलेको इतिहास रहेको थियो । तर, यस सिजन इतिहासकै खराब खेल खेलेको फुटबल समिक्षकहरुले बताएका छन् ।
रियलमा स्टार खेलाडीहरुको कमी रहेको छैन । तर, पनि यति खराब नतिजा भोग्नु रियलको दुर्भाग्य भएको उनीहरुले बताएका छन् । यस सिजन रियलले कुल ३० खेलमा १० खेल हारिसकेको छ ।
गएराति भएको खेलमा लेगानेससँग १-० गोलले पराजित भएको रियलले नयाँ खराब खेलको इतिहास रचेको हो । गएको सिजन रियलले कुल ६२ खेलमा ३९ मा जित, १४ बराबरी र नौ खेलमा पराजय भोगेको थियो ।
यस सिजन ला लिगामा पनि रियल खासै जम्न सकेको छैन ।
१९ खेलमा ३३ अंक जोडेको रियल बार्सिलोनाभन्दा १० अंकले पछि रहेको छ ।
शिर्षस्थानमा रहेको बार्सिलोनाले यस सिजन मध्यम खेल खेलिरहेको समिक्षकहरु बताउँछन् ।
रियलभित्र प्रशिक्षकको समस्या एक ठाउँमा रहेको छ भने खेलाडीहरुबीच पनि सम्बन्ध नराम्रो रहेको केही मिडिया रिपोर्टमा उल्लेख छ ।
यो अवस्थामा रियलको समस्या थप बढ्न सक्ने समिक्षकहरु बताउँछन् ।
The post यस सिजन बारम्बार किन चुकिरहेको छ रियल मड्रिड ? appeared first on Sajha Post.