काठमाडौँ, ४ माघ । बार्सिलोनाले लेभान्तेलाई समग्रमा ४-२ गोलले पराजित गर्दै कोपा डेल रे कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
गएराति सम्पन्न अन्तिम १६ को दोस्रो लेगमा बार्सिलोनाले ३–० गोलले विजयी भएको हो ।
बार्सिलोनाको जितमा लियोनल मेस्सीले एक गोल गरे भने ओस्माने डम्बेलेले २ गोल गरे । उनले खेलको ३० औं तथा ३१ औं मिनेटमा गोल गरे । डेम्बेलेको दोस्रो गोलमा लियोनल मेस्सीको एसिस्ट रहेको थियो । त्यस्तै ५४ औं मिनेटमा नेल्सन सेमेडोको पासमा लियोनल मेस्सीले गोल गरे ।
The post बार्सिलोना कोपा डेल रे कपको क्वार्टरफाइनलमा प्रवेश appeared first on Sajha Post.