काठमाडौँ, १० माघ । लामो समयको बार्गेनिङपछि बार्सिलोनाले अन्ततः आयाक्सका स्टार खेलाडी फ्रेन्की डि जोङलाई ७५ मिलियन युरोमा अनुबन्ध गरेको छ ।
पिएसजी र म्यानचेस्टर सिटीले उनलाई अनुबन्ध गर्न प्रयास गरेका थिए । तर, बार्सिलोनाले उनलाई आफ्नो क्लबमा अनुबन्ध गर्न सफल भएको हो । ११ मिलियन बोनसका साथ उनी बार्सिलोनामा अनुबन्ध भएका हुन् ।
उनले बार्सिलोनासँग सन् २०२४ सम्मका लागि अनुबन्ध गरेका हुन् । उनी डचका महँगा खेलाडीको सुचीमा परेका छन् ।
पहिलो स्थानमा भिर्जिल भ्यान डायक रहेका छन् । उनलाई लिभरपुलले ८४.४ मिलियन युरो तिरेर किनेको थियो ।
The post बार्सिलोनाले किन्यो आयाक्सका स्टार खेलाडी डि जोङ appeared first on Sajha Post.