Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

निजी क्षेत्रकै लगानीमा सुरु भयो क्रिकेट एकेडेमी, फागुनबाट प्रशिक्षण सुरु

$
0
0

कैलाली, २८ माघ । बालबालिका उमेर तहबाटै क्रिकेटको विकास गर्ने लक्ष्यसहित धनगढीमा निजी क्षेत्रबाट क्रिकेट एकेडेमी स्थापना भएको छ ।

धनगढी उपमहानगरपालिका–३, बोराडाँँडी स्थित केदार टोलमा स्थापना भएको स्पार्क क्रिकेट प्रशिक्षण केन्द्रले फागुन १ गतेदेखि औपचारिक रुपमा प्रशिक्षण शुरु गर्ने बताइएको छ । बालबालिका तहबाटै क्रिकेटको विकासका लागि आवश्यक प्रशिक्षण दिन एकेडेमीको स्थापना गरिएको स्पार्क एकेडेमीका निर्देशक पदम केसीले बताए ।

७ लाख रुपैयाँ भन्दा बढीको लगानीमा एकेडेमी स्थापना गरिएको जानकारी दिंदै उनले प्रशिक्षणका लागि आवश्यक अत्याधुनिक उपकरणहरुको व्यवस्था गरिएको बताए । दक्ष प्रशिक्षकबाट क्रिकेटको प्रशिक्षण गराइने उनले जानकारि दिए ।

The post निजी क्षेत्रकै लगानीमा सुरु भयो क्रिकेट एकेडेमी, फागुनबाट प्रशिक्षण सुरु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles