Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

रोहित पौडेललाई प्रधानमन्त्रीको बधाई

$
0
0

काठमाडौं, १३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने रेकर्ड कायम गरेका नेपाली खेलाडी रोहितकुमार पौडेललाई बधाई दिएका छन् । प्रधान्मन्त्री ओलीले आइतबार बिहान ट्विट गर्दै पौडेललाई बधाई दिएका हुन् ।

प्रधानमन्त्री ओलीले ट्वीट गर्दै लेखेका छन्, ‘अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा कम उमेरका खेलाडीको रेकर्ड कायम गर्न सफल भएकोमा रोहितकुमार पौडेललाई हार्दिक बधाई ! अन्तर्राष्ट्रिय क्रिकेट जगतमा नेपाली युवाले पाएको यस सफलताले राष्ट्रलाई अत्यन्त हर्षित बनाएको छ ।’

रोहितले शनिबार युएईविरुद्धको अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा सर्वाधिक कम उमेरमा अर्धशतक बनाउने खेलाडीको कीर्तिमान बनाएका थिए ।

अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा अर्धशतक पूरा गर्दा रोहित १६ वर्ष १४६ दिनका थिए । १५ वर्षको उमेरमा एक दिवसीय क्रिकेटमा डेब्यु गरेका रोहितले भारतीय पूर्व खेलाडी सचिन तेन्दुलकर र पाकिस्तानका शाहिद अफ्रिदीको कीर्तिमानलाई भङ्ग गरेका हुन् ।

यसअघि सचिनले १६ वर्ष २१३ दिनको हुँदा एक दिवसीयमा अर्धशतक बनाएका थिए । यस्तै अफ्रिदीले १६ वर्ष २१७ दिन हुँदा अर्धशतक बनाएका थिए ।

The post रोहित पौडेललाई प्रधानमन्त्रीको बधाई appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles