काठमाडौँ, १४ माघ । गएराति भएको इटालियन लिग सेरिया ए मा युभेन्ट्सले लाजियोविरुद्ध २-१ गोलको कठिन जित हात पारेको छ ।
युभेन्ट्सलाई जित दिलाउन प्रुमख भुमिका यसपटक पनि क्रिस्टियानो रोनाल्डोकै रह्यो ।
खेलको ५९ औ मिनेटमा इम्री कानले आत्मघाती गोल गरेपछि लाजियोले खेलमा अग्रता बनाएको थियो ।
तर, अन्तिम १४ मिनेट लाजियोले युभेन्ट्सलाई रोक्न सकेन । खेलको ७४ औ मिनेटमा जोयब क्यासेलोले बराबरी गोल फर्काए ।
खेलको ८८ औ मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै युभेन्ट्सको जित सुनिश्चित गरे । यो जितसँगै युभेन्ट्सको २१ खेलमा ५९ अंक भएको छ । लाजियोको ३२ अंक रहेको छ ।
The post युभेन्ट्सको जितमा रोनाल्डोको गोल appeared first on Sajha Post.