काठमाडौँ, १४ माघ । गएराति भएको स्पेनिस लिग ला लिगामा बार्सिलोनाले जिरोनालाई २-० गोलले पराजित गरेको छ ।
लिग लिडर बार्सिलोनाको जितमा सिमेडो र लियोनल मेस्सी एकएक गोल गरेका थिए ।
खेलको नवौँ मिनेटमा सिमेडोले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।
खेलको ५१ औ मिनेटमा जिरोनाका बर्नानण्डोले रातो कार्ड खाएका थिए । १० जनामा सिमित जिरोनाले खेलको ६८ औ मिनेटमा मेस्सीलाई रोक्न सकेन ।
बार्सिलोनाले खेल अन्तत २-० को अन्तरले जित्यो । यो जितसँगै बार्सिलोनाको २१ खेलमा ४९ अंक भएको छ । जिरोनाको २४ अंकका साथ १४ औ स्थानमा रहेको छ ।
The post १० जनामा सिमित जिरोनाले बार्सिलोनालाई रोक्न सकेन appeared first on Sajha Post.