Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

युएई भर्सेस नेपालः तेस्रो खेल जित्दै इतिहास रच्ने दाउमा नेपाल

$
0
0

काठमाडौँ, १४ माघ । संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहेको नेपालले आज घरेलु टोलीसँग अन्तिम तथा तेस्रो एकदिवसीय खेल खेल्दैछ । खेल विहान ११ बजेर १५ मिनेटमा सुरु हुनेछ ।

दुवै टोली सिरिज जित्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

पहिलो खेलमा नेपाल युएईसँग तीन विकेटले पराजित भएतापनि दोस्रो खेलमा नेपालले सानदार खेल खेलेको थियो । नेपालले युएईलाई १४५ रनले पराजित गरेको थियो ।

अन्तिम तथा तेस्रो एकदिवसीयमा जित निकाल्न सफल भए नेपालले ऐतिहासिक सफलता पाउनेछ । नेपालले पहिलो एकदिवसीय अन्तराष्ट्रिय सिरिज जित्दै इतिहास लेख्नेछ ।

गत वर्षको चैतमा एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको नेपालले नेदरल्यान्ड्ससँग दुई खेलको सिरिज खेलेको थियो । तर यो सिरिजमा भने नेपालले नेदरल्यान्ड्ससँग १–१ को बराबरीमा सकाएको थियो ।

The post युएई भर्सेस नेपालः तेस्रो खेल जित्दै इतिहास रच्ने दाउमा नेपाल appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles