काठमाडौं, १४ माघ । यूएईविरुद्ध जारी तीन खेलको एकदिवसीय सिरिजको तेस्रो तथा निर्णायक खेलमा नेपालले टस जितेर फिल्डीङ रोजेको छ ।
आजको निर्णायक खेलमा युवा ब्याट्सम्यान सन्दीप जोराले अवसर पाएका छन् । यूएईविरुद्ध आज हुने खेलमा नेपाली क्रिकेट राष्ट्रिय टोलीबाट
सन्दीपले डेब्यु गर्ने पाएका हुन् । नेपाली टिमका कप्तान पारस खड्काले आजै सन्दीपलाई क्याप हस्तान्तरण गरेका हुन् । यो अवसरसँगै नेपालको लागि ओडीआई खेल्ने सन्दीप १९ औं खेलाडी भएका छन् ।
युएईमा जारी एक दिवसीय श्रृंखलाको पहिलो खेलमा विनोद भण्डारी, पवन सर्राफ र ललित नारायण राजवंशीले डेब्युको अवसर पाएका थिए । दोस्रो खेलमा तिनै खेलाडीले निरन्तरता पाए भने तेस्रो खेलमा पवन सर्राफको स्थानमा सन्दीप जोराले अवसर पाएका हुन् ।
तेस्रो ओडीआईका लागि आजको खेलमा कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लसँगै विनोद भण्डारी (विकेटकिपर), दिपेन्द्रसिंह ऐरी, आरिफ शेख, रोहितकुमार पौडेल, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, सन्दिप लामिछाने र ललित नारायण राजवंशीले खेल्दैछन् ।
The post टस जितेर फिल्डिङमा उत्रियो नेपाल, सन्दीप जोराको डेब्यू appeared first on Sajha Post.