काठमाडौं, १४ माघ । युएईमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत अन्तिम तथा निर्णायक खेलमा नेपालले शानदार सुरुवात गरेको छ ।
युएईले ७ ओभर खेल्दा २ विकेट गुमाएर केवल २ रन जोडेको छ ।
टस जितेर फिल्डिङ रोजेको नेपालका लागि सोमपाल कामीले पहिलो विकेट लिएका हुन् ।
उनले तेस्रो ओभरको पाँचौ बलमा आस्फाक अहमदलाई क्याच आउट गराए । दोस्रो विकेट करण केसीले लिएका छन् ।
घरेलु टोलीसँग तीन खेलको एक दिवसीय र तीनवटा टी–२० सिरिजका लागि युएईमा रहेको नेपालले आज अन्तिम एक दिवसीय खेल खेल्न लागेको हो । यसअघि भएको पहिलो खेलमा पराजित तथा दोस्रो खेलमा विजयी भएको नेपालले आजको खेल जित्न सके नेपाली क्रिकेट इतिहासमा पहिलो एक दिवसीय शृङ्खला जित्ने इतिहास कायम गर्नेछ ।
नेपालले खेलेको पहिलो एक दिवसीय शृङ्खला भने बराबरी भएको थियो । नेपालले गएको असारमा नेदरल्याण्डसँग पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय शृङ्खला खेलेको थियो । जुन शृङ्खला १–१ को बराबरीमा सकिएको थियो ।
The post नेपालको शानदार सुरुवात, सोमपालले लिए १ विकेट appeared first on Sajha Post.