Image may be NSFW.
Clik here to view.
काठमाडाैं, १४ माघ । युएई विरुद्धको तेस्रो एक दिवसीय खेलमा नेपाललाई अर्को सफलता मिलेको छ । आक्रामक सुरुवात गरेको नेपालका लागि सन्दिप लामिछानेले युएईका घुलाम सब्बरलाई आउट गरेका हुन् । त्यसैगरी कप्तान पारसले पनि अर्को विकेट लिएका छन् । खड्काले महम्मद उस्मानलाई प्याभेलियन फर्काएका हुन् ।
युएईले २३ ओभरमा ४ विकेट गुमाएर ५० रन जोडेको छ ।
यसअघि नेपाली बलरद्वय करन केसीले युएईका चिराग सुरी र सोमपाल कामीले अस्फाक अहमदलाई शून्य रनमा आउट गरेका थिए ।
युएई र नेपालबीचको एकदिवसीय सिरिज १–१ को बराबरी अवस्थामा छ । नेपालले युएईलाई हराएमा इतिहासमै पहिलोपटक एकदिवसीय सिरिज जित्नेछ ।
The post नेपाललाई अर्को सफलता, सन्दीप र पारसले लिए विकेट appeared first on Sajha Post.