Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

यूएईद्वारा नेपालसामु २५५ रनको लक्ष्य प्रस्तुत

$
0
0


काठमाडौं, १४ माघ । घरेलु टोली संयुक्त अरब इमिरेट्स (यूएई) ले तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा नेपाललाई जीतका लागि २५५ रनको लक्ष्य प्रस्तुत गरेको छ । दुबईस्थित आईसीसी क्रिकेट एकेडेमीको मैदानमा टस हारेर ब्याटिङ गरेको यूएईले पुरै ५० ओभर खेल्दै ६ विकेट गुमाएर २५४ रन जोड्यो ।

यूएईको खराब सुरुवात भएपनि मध्यक्रमका ब्याट्सम्यानहरु सम्हालिएपछि फराकिलो स्कोर बटुल्न सफल भएको हो । पावर प्लेमा मात्र १४ रन जोड्न सफल यूएईले २ रन जोड्दा २ विकेट गुमाएको थियो । तर, शाइमन अनवार र सिपी रिजवानले पाँचौ विकेटका लागि १०० रनको साझेदारी गर्दै यूएईको स्कोर फराकिलो बनाए । अर्धशतकीय इनिङस खेलेका अनवार ८७ रनमा आउट भए । रिजवानले ४५ रन जोडेर आउट भए ।

नेपाललाई फराकिलो लक्ष्य दिनेक्रममा यूएईले अन्तिम २ ओभरमा ४३ रन जोडेको थियो । उसका लागि आक्रामक ब्याटिङ गर्दै मोहमद बुटाले पनि ५९ रनको अर्धशतकीय इनिङस खेले । त्यस्तै युएईका मोहमद उसमान २६ तथा गुलाम सब्बीर १८ रनमा आउट भए ।

नेपालका कप्तान पारस खड्का र करण केसीले २–२ विकेट लिए । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि दोस्रो एकदिवसीय सिरिज खेलीरहेको नेपाल जित निकाल्दै ऐतिहासिक सफलता पाउने योजनामा छ ।

अघिल्ला दुई खेल सकिंदा नेपाल र यूएईबीचको सिरिज १–१ को बराबरीमा रहेको छ ।

अन्तिम खेल जित्ने टोलीले सिरिज आफ्नो पोल्टामा बनाउनेछ । एकदिवसीय सिरिजपछि नेपालले घरेलु टोलीसंग तीन खेलको टी–ट्वान्टी सिरिज खेल्नेछ ।

The post यूएईद्वारा नेपालसामु २५५ रनको लक्ष्य प्रस्तुत appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles