काठमाडौँ, १५ माघ । कोपा डेल रे कपमा सेभियासँगको खेलमा बार्सिलोना दुई गोलले पछि रहेको छ ।
बार्सिलोनाको घरेलु मैदानमा अर्को दोस्रो चरणको लिगमा बार्सिलोनालाई नतिजा उल्टाउन कठिन हुने स्टार खेलाडी लियोनल मेस्सीले बताएका छन् ।
उनले भनेका छन्, ‘सेभिया निकै बलियो टोली हो । उनीहरुविरुद्ध कमव्याक गर्न निकै कठिन छ । तर, हामीलाई फ्यानहरुको सपोर्टको आवश्यकता छ ।’
यस सिजन बार्सिलोना उच्च फर्ममा रहेको उनको भनाइ छ । तर, ला लिगा अत्यन्त कठिन लिग भएको र शिर्ष स्थान र अन्तिम स्थानमा रहेका क्लबहरुबीच ठुलै संघर्ष चल्ने उनले बताएका छन् ।
बार्सिलोनाका खेलाडीहरु फर्ममा रहेका कारण पनि यस सिजन यो लय कायम राख्न प्रयास जारी रहेको उनले बताए ।
The post सेभियाविरुद्ध बार्सिलोनाले कमव्याक गर्ने मेस्सीको अपेक्षा appeared first on Sajha Post.