Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

प्रिमियर लिगमा डिफेण्डिङ च्याम्पियन म्यानचेस्टर सिटीलाई नमिठो झट्का

$
0
0

काठमाडौँ, १६ माघ । गएराति भएको प्रिमियर लिगमा डिफेण्डिङ च्याम्पियन म्यानचेस्टर सिटीलाई नमिठो झट्का लागेको छ ।

न्युक्यासल युनाइटेडको घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर सिटी न्युक्यासल युनाइटेडसँग २-१ गोलले पराजित भएको हो ।

यस सिजन उच्च फर्ममा रहेको भनिएको म्यानसिटीका लागि सजिर्यो अगुइरोले पहिलो मिनेटभित्रै गोल गर्दै अग्रता दिलाएका थिए ।

तर, दोस्रो हाफ न्युक्यासलले सानदार खेल खेल्यो ।

उसका लागि रोनडोनले खेलको ६२ औँ मिनेटमा बराबरी गोल फर्काए ।

रेलिगेशनबाट बच्न संघर्षरत न्युक्यासलले खेलको ८० औ मिनेटमा पेनाल्टी पायो । रिचीले गोल गर्दै न्युक्यासललाई अग्रता दिलाए । अन्तत ६ खेलमा २८ गोल गरेको सिटी न्युक्यासलको मैदानमा पछारियो ।

यो हारसँगै सिटीले लिभरपुलसँग अंकदुरी कम गर्ने मौका गुमाएको छ । सिटीको २४ खेलमा ५६ अंक रहेको छ । न्युक्यासलको २४ अंक रहेको छ ।

The post प्रिमियर लिगमा डिफेण्डिङ च्याम्पियन म्यानचेस्टर सिटीलाई नमिठो झट्का appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles