काठमाडौं, १५ माघ । युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला जितेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन् । प्रधानमन्त्रीले मंगलबार एक ट्वीट गर्दै राष्ट्रिय क्रिकेट टोलीले नेपाललाई गौरवशाली सफलता दिलाएको भन्दै बधाई दिएका हुन् ।
प्रधानमन्त्रीको ट्वीटर ह्याण्डलमा लेखिएको छ, ‘एक दिवसीय क्रिकेट श्रृंखला जित्दै नेपाललाई गौरवशाली सफलता दिलाएकोमा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई ! अन्तर्राष्ट्रिय क्रिकेटमा प्राप्त यस सफलताले विश्व खेल जगतमा नेपाल उदीयमान शक्तिको रुपमा देखिएको छ। खेलकुद क्षेत्रको विकासका लागि सरकारले थप ध्यान दिने विश्वास दिलाउँछु।’
नेपालले तीन खेलको एकदिवसीय शृङ्खला २-१ ले जितेको हो । यो नेपालको दोस्रो एकदिवसीय खेल हो । अन्तिम खेलमा नेपालले यूएईलाई ४ विकेटले पराजित गर्दै सोमबार शृङ्खला जितेको हो ।
The post राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिंदै प्रधानमन्त्रीले भने-खेलकुदको विकासमा सरकारले ध्यान दिनेछ appeared first on Sajha Post.